प्रदेशको नामाङ्करण गर्ने अधिकार प्रदेशसभालाई मात्रः सभामुख महरा


 

सभामुख कृष्णबहादुर महराले प्रदेशको नामाङ्करण गर्ने अधिकार प्रदेशसभालाई मात्र रहेको बताउनुभएको छ । राप्ती समाज काठमाडौंको १२ औँ वार्षिक साधारणसभाका अबसरमा शनिबार काठमाडौमा आयोजित कार्यक्रममा सभामुख महराले केहि प्रदेशको नामाङ्करण भईसकेको भन्दै प्रदेश ५ लगाएत अन्य प्रदेशको नामाङ्कण गर्ने अधिकार प्रदेशसभालाई मात्र रहेको बताउनुभएको हो । प्रदेश राजधानीको आन्दोलनमा आफु यसअघि सहभागी भएको भन्दै सभामुख महराले राजधानीको बिषयमा प्रदेशमा गम्भीर रुपमा छलफल गरिरहेको बताउनुभयो । उहाले आफुहरुले प्रदेशको राजधानी र नामाङ्करणका बिषयमा राजनीतिक छलफल मात्र गर्न सक्ने भन्दै अन्तिम निर्णय भने प्रदेशसभालाई रहेको जिकिर गर्नुभयो । प्रदेशको राजधानी बनाउदा प्रदेशभित्र सवैतिर रहेका स्थानलाई पायक पर्ने स्थानमा हुनुपर्ने उहाको भनाइ छ ।कार्यक्रममा सभामुख महराले संविधानविद् भिमार्जुन आचार्य , कलाकार तथा सांसद कोमल ओली लगाएतलाई सामाजिक अभिन्नदन पत्र प्रदान गरेको थियो ।


Related posts

Leave a Comment