प्रधानन्यायाधीशका लागि जोशी र राणाको रस्साकस्सी


संवैधानिक परिषद् बैठक नजिकिँदै गर्दा भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका दुई वरिष्ठ न्यायाधीशबीच रस्साकस्सी चलेको छ। भावी प्रधानन्यायाधीश छनोटका लागि शनिबार परिषद् बैठक बस्दै छ। यसअघि सोमबार बसेको बैठक थप अध्ययनका लागि भनेर टुंगिएको थियो।

न्यायपालिकाको नयाँ नेतृत्वका लागि न्यायपरिषद्ले सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम दोहोर्याएर संवैधानिक परिषद्मा पठाएको छ। यसअघि पनि हालका प्रधानन्यायाधीश ओमप्रकास मिश्रसहित तीनै जनाको नाम पठाइएको थियो।

प्रधानन्यायाधीशका लागि वरिष्ठ न्यायाधीश राणा र जोशी दुवैले आफ्ना निकट सम्पर्क व्यक्तिमार्फत पहल गरिरहेको परिषद् निकट स्रोतले जनाएको छ। विशेषगरी परिषद् अध्यक्ष रहेका प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच प्रधानन्यायाधीशका लागि लबिङ भइरहेको छ। परिषद् बैठकमा उनीहरूको भूमिका महत्वपूर्ण रहने भएकाले बैठकको पूर्वसन्ध्यामा निकट सूत्रमार्फत पछ्याउने काम चलिरहेको छ। ‘प्रधानमन्त्री र नेकपाका अर्का अध्यक्ष दाहालसँग विभिन्न संयन्त्रमार्फत कुरा आइरहेको छ।


Related posts

Leave a Comment