प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री कोनोबीच भेटवार्ता, के भयो कुराकानी ?


प्रधानमन्त्री केपी शर्मा ओली र जापानी विदेशमन्त्री तारो कोनोबीच भेटवार्ता भएको छ । नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका कोनोले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई बिहीबार भेटेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री कोनोबीच बिहीबार बिहान भेटवार्ता भएको जनाएको छ । सचिवालयका अनुसार, दुईबीच द्विपक्षीय हितलगायत विषयमा कुराकानी भएको छ । १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका कोनोले बुधबार नै मन्त्रीस्तरीय बैठकमा सहभागी बनेका थिए । मन्त्रीस्तरीय वार्तापछि दुई देशबीच सीधा हवाई उडान सम्झौता भइसकेको छ ।

कोनोले प्रधानमन्त्रीपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्दै छन् ।


Related posts

Leave a Comment