प्रवक्ता प्रकाण्डलाई सरकारले पक्राउ पुर्जी जारी गरे पछि विप्लवले निकाले यस्तो विज्ञप्ति


नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका नाममा सरकारले पक्राउ पुर्जी जारी गरेकोमा कडा रूपमा आपत्ति जनाएको छ । आइतबार बिज्ञप्ती जारी गर्दै विप्लवले सरकारले एकातिर वार्ताका लागि आह्वान गर्ने र अर्कोतिर खारेज भइसकेका मुद्दा ब्युँताएर दमन खोजेको भन्दै जनविरोधी हर्कतको डटेर सामना गर्न चेतावनी दिएका छ्न ।

“हाम्रो पार्टीको निर्देशन र नेतृत्वमा जनताको निरन्तर सङ्घर्षका कारण न्यायालयले खारेज गरिसकेको उदयपुर र संखुवासभाको मुद्दालाई पुनः ब्युँताएको छ,” यो हर्कतको हामी कडा रूपमा सामना गर्न तयार छौ, विज्ञप्ति भनिएको छ ।

सरकारको यसप्रकारको चरित्रले मानवअधिकार, सामाजिक सुरक्षाको खिल्ली उडाएको विप्लवको ठहर छ । त्यस्तै उनले सरकारलाई ‘दलाल’को संज्ञा दिँदै जनतामाथि महँगी, भ्रष्टाचार, सामाजिक असुरक्षलाई बढावा दिइरहेको आरोप लगाएका छन ।


Related posts

Leave a Comment