प्रकाश स्मृति कपको उपाधि प्लानिङ ब्वाइजलाई


दोलखाको सदरमुकाम चरिकोटमा भएको प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज काँडाघारी भक्तपुरले जितेको छ ।

आज भएको फाइनल खेलमा जिल्ला फुटबल सङ्घ दोलखालाई २–१ गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो ।

विजेता प्लानिङ ब्वाइजले नगद रु दुई लाख ५० हजार शिल्ड तथा मेडल प्राप्त गरेको छ । उपविजेता दोलखाले रु एक लाख २५ हजार शिल्ड तथा मेडल हात पार्न सफल भएको छ ।

 स्वर्गीय प्रकाश दहालको सम्झनामा आयोजना गरिएको प्रकाश स्मृति कपमा कार्यक्रमलाई सम्बोधन गर्नुहँदै खानेपानी तथा सरसफाइ मन्त्री विना मगर ।

खेलका विजेता टोलीलाई खानेपानीमन्त्री बीना मगरले नगद तथा ट्रफी प्रदान गरिन् ।


Related posts

Leave a Comment