हामी रक्षात्मक अवस्थामै छौं’: प्रचण्ड


नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्ति पूर्ण सफल नभएको बताएका छन् । हिजोका शासकलाई कम्युनिष्ट शक्ति सत्तामा आएको मन नपरेको र गुमेको शक्ति पुनर्स्थापित गर्र्ने कसरतमा रहेकाले एकतावद्ध भएर अघि बढ्नुपर्नेमा प्रचण्डले जोड दिए । आइतबार बुटवलका पुराना पत्रकार कर्णबहादुर कार्कीले प्रकाशन गरेको लोक अभियान पाक्षिक पत्रिकाको विमोचन गर्दै कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बताए । ‘दोस्रो विश्वयुद्धपछि विश्वभर आक्रामक थियो, तर अहिले आक्रामक छैन, हामी रक्षात्मक अवस्थामै छौं’ प्रचण्डले भने ।

उनले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउन आवश्यक रहेको पनि बताए । सरकारले जनताका कुरा सुन्न छाडे परिणाम प्रतिक्रान्तिको पक्षमा जाने प्रचण्डले बताए । पराजित भएका शक्तिहरु आन्दोलनको उपलब्धी उल्ट्याउन दश गुणा बढी ताकतसहित लागेको उल्लेख गर्दै प्रचण्डले कमजोरीलाई आत्मसाथ गरी जनमतलाई आफ्नो पक्षमा पार्न नसकिए प्रतिकुल अवस्था आउन सक्ने औंल्याए ।


Related posts

Leave a Comment