पुटिन र ट्रम्पबीचको भेटवार्ता रद्द


रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको भेटवार्ता रद्द भएको छ ।आजबाट अर्जेन्टिनामा सुरु हुने जी–ट्वान्टी शिखर सम्मेलनका क्रममा पुटिन र ट्रम्पबीच भेट गर्ने तय भएको थियो । भेटमा युक्रेनसँगको पछिल्लो तनावबारे दुई राष्ट्रका प्रमुखबीच छलफल हुने बताइएको थियो ।तर, युक्रेनको पानीजहाज नियन्त्रणमा लिएको भन्दै ट्रम्पले पुटिनसँगको वार्ता अन्तिममा आएर रद्द गराएका छन् ।रुसले गत आइतबार आफ्नो क्षेत्रमा प्रवेश गरेको भन्दै युक्रेनको पानीजहाजमाथि हमला गर्दै नियन्त्रणमा लिएको थियो ।


Related posts

Leave a Comment