रेल दुर्घटनामा तीनको मृत्यु, ६२० घाइते


दक्षिण अफ्रिकामा मङ्गलबार बिहान भएको एक रेल दुर्घटनामा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६२० जना घाइते भएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

दक्षिण अफ्रिकाको ग्रामीण इलाकामा रेल सेवा दिइरहेका दुई ओटा रेल एक आपसमा ठोक्किँदा यो दुर्घटना भएको बताइएको छ । दुबै रेल राज्यद्धारा सञ्चालित रहेको बताइएको छ । दुबै रेल एउटै लाइनमा यात्रा गरिरहेका थिए । प्रेटोरियाबाट मबोपानेतर्फ पहाडी इलाकामा पर्ने रेलवे स्टेशन प्रेटोरियामा सो दुर्घटना भएको थियो ।

यी दुबै रेलमा करिब ८०० व्यक्ति यात्रा गरिहेका र तीमध्ये दुर्घटनामा परी तीनको मृत्यु हुनुका साथै अन्य ६२० घाइते भएका छन् ।


Related posts

Leave a Comment