राजपा नेपालका नेताहरु प्रधानमन्त्री ओलीलाई भेट्न सरकारी निवास बालुवाटारमा


फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्षमण्डलका सदस्यहरु प्रधानमनत्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । भेटमा राजपाले प्रधानमन्त्री ओलीसँग सरकार निर्माण गर्दा आफूसँग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेसहित माग राख्ने भएको छ । गत साउन ३ गते राजपाले बुझाएको ७ बुँदे माग पनि पूरा गर्न दबाब दिने राजपा नेताहरुले बताएका छन् ।

राजपाले प्रधानमन्त्रीसँग गएको बिहीबार भेट्न समय मागेको थियो । तर, प्रधानमन्त्रीले समय नदिएको राजपा नेताहरुको गुनासाकाबीच आइतबार भेट भएको हो ।

सविधान संशोधन, रेशम चौधरीको रिहाइ, थुनामा रहेका आन्दोलनकारीको रिहाइ तथा मुद्दा फिर्ता लगायतका माग राजपाको रहेको छ । टीकापुर घटनाका आरोपी रेशम चौधरीको रिहाइको विषयलाई पनि राजपाले मुख्य मुद्दा बनाएको छ ।

राजपा अध्यक्षमण्डलको वैठकले सरकार विगतका सहमतिप्रति गम्भीर नभएको भन्दै अध्यक्षमण्डलका सबै सदस्यहरुले सामूहिक भेटेर छलफल गर्ने निर्णय गरेका थिए ।


Related posts

Leave a Comment