रामबहादुर बम्जनको आश्रमबाट दुई जना पक्राउ


तपस्वी रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट सोधपुछका लागि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । बम्जन आश्रमबाट बेपत्ता भएका र बलात्कारको समेत आरोप लागेपछि सिन्धुपाल्चोक आश्रममा सील गरी छानबिन पश्चात प्रहरी टोली यहाँ आइपुगेको हो ।
टोलीले अनुसन्धानका लागि सिन्धुली प्रहरीको सहायतामा आश्रमका महात्मा गुरु भनिने मकवानपुरका इन्द्रबहादुर स्याङ्तान र सर्लाहीका गोपाल योञ्जनलाई नियन्त्रणमा लिएको हो ।


Related posts

Leave a Comment