चलचित्र ‘रणवीर’को ट्रिजर सार्वजानिक


माघ १८ बाट अल नेपाल प्रदर्शनको प्रचारमा रहेको चलचित्र रणवीरको ट्रिजर सार्वजानिक भएको छ । चलचित्रको मोसन पोष्टर र पोष्टर सार्वजनिक गरेपछि ट्रिजर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रिजर चलचित्रका दुई कलाकार सुशील सिटौला र प्रशान्त ताम्राकार बीचको टसल देखाइएको छ । अघिल्ला चलचित्रको तुलनामा सुशील यसमा फेरिएका छन् ।
उनले शारीरिकरुपमा पनि आफुलाई परिवर्तन गरेको पाइन्छ । चलचित्रमा प्रशान्त नेगेटिभ क्यारेक्टरमा देखिएका छन् । एक्सन जनरको चलचित्रको टिजरमा यी दुई बीचकै टसल र बदलाको भावनालाई चित्रण गरिएको छ ।

महङ्गो बजेटमा तयार भएको चलचित्रलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । यसमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । चलचित्रमा सुशील र प्रशान्तसगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।


Related posts

Leave a Comment