नेपाली सेनाबाट किशोरी माथि बलात्कारको प्रयास, उद्धार गर्नेमाथी खनियो प्रहरी


आलोक यादव, टिभी अन्नपूर्ण सिरहा।
सिरहाको मिर्चैयामा एक किशारी माथि नेपाली सेनाका जवानद्धारा बलात्कारको प्रयास भएको छ । मिर्चैया नगरपालिका–६, मटियर्वामा शुक्रबार राति करिब साढे ९ बजेको समयमा श्री नयाँ श्री नाथ गन चोहर्वाका ३ जना जवानहरुले १ किशोरीलाई बलात्कारको प्रयास गरेका हुन् ।

मिर्चैया ६ मटियर्वा ९पानी टँकी० नजिकै आफ्नै घरमा रहेकी किशोरीलाई नेपाली सेनाका ३ जना जवानले जबर्जस्ती करणी गर्न खोज्दा उनी चिच्याएर गुहार मागेकी थिइन् । आवाज सुनेर स्थानीयहरुले किशोरीलाई उद्धार गरी सेनाका जवानहरुलाई नियन्त्रणमा लिन खोज्दा उनीहरु भाग्न खोजेका थिए । खेद्दैजाँदा १ जना समातिएपनि दुईजना भने फरार भएको स्थानीयले बताएका छन् । पक्राउ परेका नेपाली सेनाका जवान दिपेन्द्र शाही हुन् ।

नियन्त्रणमा लिएका उनलाई स्थानीयहरुले हात बाँध्दैगर्दा होहल्ला भएपछि घटनास्थलमा पुगेका मिर्चैया प्रहरीले सेनाका जवानसहित ३ जना स्थानीयलाई समेत पक्राउ गरेका छन् ।
आवेशमा स्थानीयहरुले कुटपिटसमेत गरेका सेनाका जवानलाई राति नै उपचारका लागि बाहिर पठाइएको छ भने पक्राउ परेका स्थानीयहरुलाई रातभर प्रहरीले यातना दिएको किशोरीका दाईले सुनाए ।

पीडितलाई न्याय दिलाउनुको साटो बलात्कारीलाई नै बचाउन खोजेको भन्दै मिर्चैयामा स्थानीयहरुले बिहानैदेखि चक्काजाम गरेर प्रदर्शन गरिरहेका छन् ।
यता, ईप्रका मिर्चैयाका डिएसपी सुकदेव खनालले जवानलाई कुटपिट गरेको देखिएपछि उनीहरुलाई तत्काल नियन्त्रणमा लिएको बताएका छन् ।


Related posts

Leave a Comment