राप्ती नदीमा डुबेर एक जनाको मृत्यु


प्रनिश थापा, चितवन ।

चितवनको राप्ती नदीमा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १३ सिमलगैरी घर भएका अन्दाजी ३४ वर्षका विष्णु बोटको सीतामाई नजिकै राप्ती नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनी चार जनाको समूहमा ड्राइ पिकनिकका लागि सीतामाई नजिकैको भ्यूटावर गएका थिए । राप्ती नदीमा पौडी खेल्ने क्रममा विष्णुको डुबेर मृत्यु भएको बताइएको छ । मृतकको शरीरलाई पोष्टमार्टमका लागी भरतपुर अस्पताल लगिएको छ ।


Related posts

Leave a Comment