राष्ट्र बैंकले दियो ब्याजदर घटाउन चेतावनी


नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर घटाउन नमान्ने बैंकमाथि कारबाही गर्ने चेतावनी दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अनिवार्य नगद मौज्दात (सीआरआर) २ प्रतिशतले घटाएसँगै बजारमा पर्याप्त तरलता रहेको भन्दै बैंकहरूले अब कर्जाको ब्याजदर घटाउनुपर्ने र घटाउन नमान्नेमाथि कठोररूपमा प्रस्तुत हुने चेतावनी दिएको हो ।
नेपाल बैंकर्स एसोसिएसनले आयोजना गरेको कार्यक्रममा गभर्नर डा। चिरञ्जीवी नेपालले बैंकरहरुलाई चेतावनीको शैलीमा भने, “प्रहरीले अपराधीलाई गरेजस्तो व्यवहार गर्नु नपरोस् ।” राष्ट्र बैंकका अनुसार बजारमा अहिले ६६ अर्ब तरलता छ । “बैंकहरूले ब्याजदर घटाउन कुनै पनि बहानाबाजी गर्न नपाउने भन्दै घटाउन आनाकानी गर्नेमाथि राष्ट्र बैंक खरोरूपमा प्रस्तुत हुनेछ,” नेपालले केही बैंकरहरूको नामै लिएर भने, “सीआरआर, एसएलआरलगायतका मौद्रिक उपकरण, विदेशबाट ऋण ल्याउन सक्ने व्यवस्थालगायतका कारण बजारमा लगानीयोग्य रकमको अभाव हुँदैन ।” चालू आर्थिक वर्षको मौद्रिक नीतिले वैधानिक तरलता अनुपात (एसएलआर) वाणिज्य बैंकलाई १२ प्रतिशतबाट घटाएर १० प्रतिशत, विकास बैंकका लागि ९ प्रतिशतबाट ८ प्रतिशत र फाइनान्स कम्पनीका लागि ८ प्रतिशतबाट ७ प्रतिशतमा झारेको छ । यस्तै, पछिल्लो तीन हप्तामा राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत ९३ अर्ब २५ करोड रुपैयाँ तरलता बजारबाट उठाएको छ । यसले पनि अब ब्याजदर घट्न सहज हुने गभर्नर नेपालको भनाइ छ । अहिले अधिकांश बैंकको बेसरेट ९आधार मूल्य० नै बढी भएकाले ऋणको ब्याजदर घट्न सकेको छैन । अधिकांश बैंकहरूको बेसरेट ११ प्रतिशतसम्म छ ।


Related posts

Leave a Comment