सपथपछि सांसद चौधरीलाई पुनः थुनामै राखिने


कैलाली टिकापुर घटनाका मुख्य दोषी मानिएको सांसद रेशम चौधरीले आज सपथ ग्रहण गर्दै छन् । चौधरीले निर्वाचित भएको एक वर्ष पछि बिहीवार बिहान सपथ लिन लागेका हुन् । डिल्लीबजार कारागारमा पुर्पक्षका लागि राखिएका चौधरी सपथपछि फेरि थुनामै राखिने स्रोतले बताएको छ ।
आज पद तथा गोपनीयताको सपथ ग्रहण गरे पनि संसद बैठकमा पनि सहभागी हुन नपाउने स्रोतले बतायो । सपथ खुवाइसकेपछि सांसद चौधरीलाई फेरि डिल्लीबजार कारागारमै लगेर राखिने छ ।

टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त चौधरीलाई सभामुख कृष्णबहादुर महराले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सपथ ग्रहण गराउँदैछन् । सांसद चौधरीको सपथ ग्रहणको लागि सभामुख महरा बिहानैदेखि परामर्श तथा तयारीमा व्यस्त छन् ।

सांसद रेशम चौधरीले आज सपथ लिँदै: यसरी भएको थियो टिकापुर घटना


Related posts

Leave a Comment