६५ प्रतिशत किसान भएको देशमा कांग्रेसले किसान संघलाई सक्रिय बनाउनुपर्छः नेता शाह


काठमाडौं पुस १
नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले ६५ प्रतिशत किसान भएको देशमा कांग्रेसले किसान संघलाई सकृय बनाउनु पर्ने बताएका छन्। अन्नपूर्णसँग कुराकानी गर्दै नेता शाहले भातृ संस्था सकृय बनाउन नसक्नु भनेको काँग्रेस कमजोर हुनुको प्रमुख कारण भएको बताएका हुन् । उनले नेपाली काँग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, महिला संघ लगायत भातृ संस्था निकै निष्क्रिय र आन्तरिक कलहमा फसेकोबताए। देशमा कम्युनिस्ट शक्ति निकै हावी भएको र देशलाई सम्पुर्ण रुप कब्जा गर्न लागेको भन्दै नेता शाहले देशलाई दुर्घटनाबाट बचाउन पनि काँग्रेस बलियो हुनुपर्नेमा जोड दिए। आफुलाई युवा भन्ने नेता साथीहरूले पार्टी भित्रका ससाना बिवाद मिडियामा ल्याएर पनि काँग्रेस कम्जोर भएको शाहको ठहर छ।


Related posts

Leave a Comment