रोनाल्डो र मेस्सीलाई पाखा लगाउँदै मोड्रिचले जिते बालेन डी’ओर अवार्ड


रियल मड्रिड तथा क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले बालेन डी’ओरको अवार्ड जितेका छन् । क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको करिब एक दशकको बर्चस्वलाई तोड्दै मोड्रिचले सन् २०१८ को उत्कृष्ट फुटबलर घोषित भएका हुन् ।

३३ बर्षका मोड्रिचले लगातार तीन पटक च्याम्पियन्स लिग जित्नुका साथै क्रोएसियालाई विश्वकप फुटबलको फाईनल पु¥याएका थिए । ब्राजिल तथा एसी मिलानका फरवार्ड काकाले सन् २००७ मा यो अवार्ड जितेपछि रोनाल्डो र मेस्सीले पालैपालो यो अवार्ड जित्दै आएका थिए ।

गएराति फ्रान्सको पेरिसमा फ्रान्स फुटबल साप्ताहिक पत्रिकाले वितरण गरेको यो अवार्डमा इटालियन क्लब युभेन्ट्समा आबद्व भएका रोनाल्डो दोस्रो भए । त्यस्तै बार्सिलोनाका स्टार मेस्सी पा“चौ स्थानमा रहे । त्यसअघि विश्व विजेता फ्रान्सका एन्टोनी ग्रिजम्यान र केलियन एम्बाप्पे रहे ।


Related posts

Leave a Comment