रोनाल्डोले २ गोल गर्दा युभेन्टसद्वारा साम्पडोरिया पराजित


युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा जित निकाल्दा क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्न सफल भएका छन् ।शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा युभेन्टसले साम्पडोरियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा रोनाल्डोले दुई गोल गरे । साम्पडोरियाका फाबियो क्वाग्लियरेल्लाले एक गोल फर्काएका थिए ।खेलको दोस्रो मिनेटमा नै रोनाल्डोले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा फाबियोले गोल गर्दै साम्पडोरियालाई १–१ गोलको बराबरी दिलाएका थिए । पहिलो हाफमा एक–एक गोलको बराबरी खेलेको युभेन्टसले दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्दै २–१ गोलको अग्रता बनाएको हो ।खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई २–१ गोलको जित दिलाए ।जितपछि युभेन्टसले १९ खेलबाट ५३ अंक बनाएको छ ।


Related posts

Leave a Comment