सिमेण्ट र छडमा ५ केजीसम्म तौल कम, उपभोक्ता मारमा (भिडियो सहित )


तुल्सी अर्याल/ बिमल खडका, टिभी अन्नपूर्ण 

उपभोक्ताले घर तथा अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग गर्ने छड तथा सिमेन्टमा चरम ठगी हुने गरेको खुलेको छ । टिभी अन्नपूर्णको कार्यक्रम फेस द मार्केटका लागी बजारमा बिक्री भईरहेको छड र सिमेन्टको तौलिदाँ उल्लेखित परिणामभन्दा निक्कै कम तौलका छड र सिमेन्ट खुलेआम बिक्री हुदै आएको फेला परेको हो । काठमाडौँ सामाखुसी स्थित पर्वत हार्डवेयरमा ५० केजी भन्दै बिक्रीका लागी राखिएको सिमेन्टको बोराको तौल झण्डै एक केजीदेखी ५ केजीसम्म कम भेटिएको छ । बिक्रेताले ५० केजीकै मुल्य लिएर विक्री गर्ने गरेका कलश गोल्ड, जगदम्बा, मारुती, सोना, सर्वोत्तम, सगरमाथा, नारायणी, शालिमार, यती, स्टार, सिजी, कसमस सिमेण्टमा उल्लेख गरिएभन्दा कम तौल भेटिएको हो ।

यी मध्ये शालिमार, सगरमाथा, सर्वोत्तम सिमेन्टमा सबैभन्दा धेरै ठगी हुने गरेको देखिएको छ । सर्वोत्तम सिमेण्टको एउटै बोरामा झण्डै ५ केजीसम्म कम देखिएको छ भने सगरमाथा सिमेन्टको बोरामा ३ केजी कम भेटिएको छ । यसबाहेक अन्य सिमेन्टका बोरामा समेत ४ सय ग्रामदेखी २ केजीसम्म कम सिमेन्ट बेच्ने गरेको भेटियो । सामान्यतय सिमेन्टको बोरामा ५ सय ग्रामसम्म कम हुनु स्वभाविक भएपनि एउटै बोरामा ४ देखी ५ केजीसम्म कम हुनु चरम ठगी हुने नापतौल तथा गुणस्तर कार्यलयको भनाई छ ।

यसैगरि फलामे डण्डी छडमा समेत यस्तै खालको ठगी हुने गरेको भेटिएको छ । बजारमा बिक्रीका लागी राखिएका छडको बण्डलमा समेत उल्लेख गरिएजति तौल नहुने गरेको भेटिएको छ । सामाखुसीमै रहेको बिक्की हार्डवयरमा बिक्रीका लागी राखिएका छडको बण्डलको तौल गर्दा हरेक बण्डलमा ५ सय ग्रामदेखी ३ केजीसम्म कम तौल देखिएको छ । यतिमात्रै होईन बण्डललाई बाँध्ने एस हुकको समेत उपभोक्तालाई मुल्य लगाउने तर हुक आफैले राखेर हरेक बण्डलमा २ केजी बढि ठग्ने गरको भेटिएको छ । यसरी तौल कम भेटिने फलामे डण्डीमध्ये जगदम्बा, अम्बे स्टिल, र पञ्चकन्याका रडहरु उल्लेख गरिएभन्दा कम तौल भेटिएका हुन । यी कम्पनीका छडका बण्डल ‘ग्राहकले खरिद गर्दा हुक र चुरासहितको तौल समावेश हुन्छ । तर उपभोक्तासँग पैसा असुलेपछि हुक डिलरहरूले नै राखेर
फलामे डन्डीमा खुलेआम ठगी भइरहेको छ ।

कानुनले नेट वेट भन्दा कम बिक्रि गरिरहेका कम्पनिहरु को सिमेन्ट जफत गर्ने प्रति बोरा १००० जरिवाना गर्ने तथा कम्पनी सिल समेत गर्ने व्यवस्था छ । तर उपभोक्ता मञ्चका अध्यक्ष ज्योती बाँनिया फितलो नियमको फाईदा उठाएर कम्पनीको ठगी झन पछि झन मौलाउदै गएको आरोप लगाउछन । कानुनले कम्पनी सिल सम्म गर्न सक्ने व्यवस्था गरेपनि हरेक दिनजसो सिमेन्ट र रडमा यस्ता ठगीका घटना हुदाँ फेला परिहाले १ हजार तिरेर उम्कने नत्र खुलेआम उपभोक्ता लुट्न पाईने व्यवस्थाले यस्तो ठगी मौलाउदै गएको बताउछन ।
बालाजुस्थित नापतौल तथा गुणस्तर विभागका प्रमुख शशी भुषण यादवले कम तौलको सिमेन्ट र फलामे डण्डी बेच्ने कम्पनीलाई कारबाहीको दायरामा ल्याउने बताए । धेरैपटक आफुहरुले यस्तो फेला पारेर कारबाही गरेको तर कतिपय अवस्थामा उपभोक्ता आफै सचेत नहुने गरेका कारण पनि ठगीका घटना बढेर गएको यादव बताउछन । आफुले खरिद गर्ने सिमेन्टको तौल यकिन गर्ने र कमी देखिए नियमक निकायमा खबर गर्नुपर्ने बिषयमा उपभोक्ता आफै सचेत हुनुपर्ने कार्यलय प्रमुख यादवको सुझाव छ ।

 

पेट्रोलियम, सिमेण्ट र स्टिलमा अत्याधिक ठगी, ४ हजार ३ सय व्यवसायीलाई कारबाही

सरकारले सिमेन्टमा स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने नीति ल्याउनुपर्‍योः ध्रुब थापा

नेपालमा उच्च गतिमा फड्को मारेको सिमेन्ट उद्योग र यसका चुनौती


Related posts

Leave a Comment