सामुदायिक विद्यालय कर्मचारीद्वारा राजधानीमा प्रदर्शन (भिडियोसहित)


तुल्सी अर्याल, टिभी अन्नपूर्ण

सरकारले सेवा सुविधामा विभेद गरेको भन्दै देशभरका सामुदायिक विद्यालयका कर्मचारीहरूले मंगलबार राजधानीमा प्रदर्शन गरेका छन्। उनीहरूले काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म र्‍याली तथा विरोध प्रदर्शन गरेका छन्। पेसागत हक अधिकार, सेवा, सुविधा र सुरक्षाका लागि विगत ७ वर्षदेखि आफूले राख्दै आएको माग सुनुवाइ नभएको भन्दै विद्यालय कर्मचारी आन्दोलनमा उत्रीएका हुन्।

विरोधका लागि विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिले ४ दिन सम्म शान्तिपूर्ण आन्दोलन गर्ने र आफुहरुको माग पुरा नभए आमरण अनशनसम्म गर्ने आन्दोलनमा सहभागिभि बताएका छन् । समितिका संयोजक शंखर प्रशाद ढकाल भने, ‘सरकारले शिक्षा ऐन आठौसंशोधनको दफा १६ ‘ठ’ मा भएको कर्मचारीसम्बन्धी व्यवस्था कार्यान्वयन नगरी श्रमशोषण गरेको बताएका छन् ।

हाल सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी दरबन्दी, समायोजन, पदस्थापन, आन्तरिक प्रतिस्पर्धा, तलबभत्ता, सञ्चयकोष, उपदान, बिमा लगायतका अन्य विभिन्न सेवाबाट वञ्चित छन् । आन्दोलित कर्मचारीले कुचीकारदेखि लेखापालसम्म तहअनुसार मासिक २ हजार, ४ हजार, ४ हजार ५ सय, ७ हजार ५ सय र ११ हजार ५ सय मात्र पाउँदै आएका छन् ।

 


Related posts

Leave a Comment