‘गरिबको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया गरी अझ दुःख दे’


                                सलाम सहयोगी हातलाई

शम्भू माली, कपिलवस्तु ।

एक बिहानै हात खुट्टा गल्ने चिसोमा हातमा एक झोला बोकी युवक गरिबको झुप्रोमा पुगी बच्चाका न्यानो लुगा राखेर बाटो लाग्छन् । जिल्लाको यशोधरा गाउँपालिका ८ सिहोखोरको कुरा हो । ५ वर्षे बालक राम किशोर मुराउ गरिबीले गर्दा उपचारबाट वञ्चित भएको समाचार टिभी अन्नपूर्णमा पढेपछि कपिलवस्तु नगरपालिका १ का दामोदर कोईरला तौलिहवा देखी ८ किमी टाढा ७ बजे घाम नउदाउदैं चिसोबाट बच्नका लागि न्यानो लुगा दिएका छन् ।
राम किशोर मुराउ (रगत बन्ने प्रक्रिया रोकिने रोग) बिटा थाईलेसिमा नामक रोगबाट लामो सयम देखि पीडित छन् । ५ वर्षे मुराउ ६ महिनाको हुँदा रगत बन्ने प्रक्रिया रोकिएको छ ।


निजको सम्पत्तिको नाममा २ बिघा कच्ची र कपडाले छाएको घरमा ७ जना परिवारको गुजारा चलेका छ । राधेश्यामको ५ सन्तान मध्ये राम किशोर कान्छा हुन । श्रीमान् राधेश्याम र आफूले दैनिक ज्यालादारी गरी बल्लतल्ल परिवारको पेट पाल्दै आएकी राम किशोरको आमा कंन्समती मुराउले बताइन । डाक्टरहरूले राम्रो उपचारकलागि काठमण्डौ जान भनेका छन् तर रकम अभावले लान सेकेकी छैन । बिरामी रामकिशोरका कारण उनको पुरै परिवार पीडामा छ । रोगका कारण उनले अहिले सम्म विद्यालयको मुख देख्न पाएका छैनन् । रोगले गर्दा बालक दुब्लाउदै गएका छन् । डाक्टरहरूका अनुसार बिटा थाईलेसिमा रोग लागेमा रगत बन्ने प्रक्रिया रोकिने गर्छ । जसले गर्दा हेमोग्लोबिनको मात्र शरीमा कमी हुन गई शरीर पहिलो भएर आउँछ । समयमै उपचार नगरिए ज्यान सम्म जाने खतरा रहेका डाक्टरले छोराका आमासगं बताएका छन् ।


आर्थिक अभावका कारण विपन्न परिवारका उनका परिवारले उनको राम्रो उपचार गराउन सकेको छैनन् । अहिले सम्म छरछिमेक र आफ्नो बलबुताले भ्याए सम्म बुटवल र भैरहवा सम्म पुगेर सामान्य उपचार मात्र गराएका आमा कंशावतीले बताइन । प्रत्येक महिना राममिशोरको रगत फेर्न पर्छ । एक पटक रगत फेरेको ८ सय २५ रुपैयाँ खर्च पर्छ । ओ पोजेटिभ रक्त समूहका छोराका मासिक उपचारमा ५ हजारको हाराहारीमा खर्च हुने गरेको छ । छरछिमेक र इस्ट मित्रको सहयोगले अहिले सम्म छोराको ज्यान बचाउन सकेकी छु ।

?????????????

यशोधरा गाउँपालिकाका प्रमुख गिरिजेश कुमार पाण्डेयले यो केटाका स्वास्थ्य अवस्था एकदम गम्भीर छ । जीवन र मरणका दोसाँधमा रहेको छ । यसको जीवन रक्षाकालागि सञ्चारकर्मी लगायत राष्ट्रिय, अन्तर्राष्ट्रिय सघं संस्था लगायतका दाताहरूसँग आर्थिक सहयोगकालागि नाबालक केटाको ज्यान बचाई दिनु हुन म सबैसँग याचना सहित आग्रह गर्दछु । म यशोधरा गाउँपालिकाका प्रमुख गिरिजेश कुमार पाण्डेयले गाउँपालिकाको तर्फबाट बालकको उपचारकालागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

यो पनिः आर्थिक अभावमा ५ वर्षीय बालक उपचारबाट बञ्चित,छोराको जीवन बचाई दिन आमाको अपील

 


Related posts

Leave a Comment