सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै


पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत तेस्रो चरणको अन्तिम दिन आज (शनिबार) दुई खेल हुदै छ । दुवै खेल हल्चोकस्थित एपीएफ क्लबको मैदानमा हुने छन् ।पहिलो खेल बिहान ११ बजे सुरु हुने छ भने दोस्रो खेल दिउँसो २स्३० मा सुरु हुने छ । बिहान ११ बजे ललितपुरे क्लब फ्रेन्ड्स र सरस्वती युथ क्लबले प्रतिस्पर्धा गर्दैछन् । प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टोली पहिलो लक्ष्य जितको खोजी हुने छ । यसअघि खेलेका दुवै खेलमा पराजय भएका थिए । त्यसैले दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुने देखिएको छ । लिगको पहिलो खेलमा फ्रेन्ड्स रुस्लान थ्री स्टार क्लबसँग २-१ ले पराजित भएको थियो हुदा दोस्रो खेलमा विभागीय टोली एपीएफसँग १-० गोलले पराजित भएको थियो ।

यस्तै सरस्वती लिगको पहिलो खेलमा सिएमजी संकटा क्लबसँग १-० ले पराजित हुँदा दोस्रो खेलमा हिमालयन शेर्पासँग १-० ले नै पराजित भएको थियो ।

त्यस्तै शनिबार नै हुने अर्को खेलमा जावलाखेल र हिमालयनबिच प्रतिस्पर्धा हुने छ । लिगको तेस्रो चरणको खेल जारी रहदा जावलाखेल निकै कमजोर देखिएको छ । किनकि जावलाखेलले अघिल्ला दुई खेलमा पराजय व्यहोरेको छ ।


Related posts

Leave a Comment