शहीद स्मारक ए डिभिजन लिगमा आज संकटा र च्यासल, मनाङ र सरस्वती भिड्दै


 

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन् ।पहिलो खेलमा संकटा र च्यासल युथ क्लब प्रतिष्पर्धा गर्दैछन् । अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लब र सरस्वती युवा आमने सामने हुँदैछन् ।दुबै खेल हलचोकस्थित एपीएफ मैदानमा हुनेछन् । पहिलो तीन खेलमा जित हात पार्दै नौ अंक जोडेको संकटा चौथो चरणको खेलमा भने आर्मीसँग पराजित भएको थियो । आज जित निकालेको खण्डमा संकटा तालिकाको तेस्रो स्थानमा उक्लिनेछ । तालिकामा संकटाको नौ अंक छ । च्यासल भने चार अंक सहित आठौं स्थानमा छ ।

अघिल्लो चार खेलमा जित निकाल्दै मनाङ मस्र्याङ्दी क्लब दोस्रो स्थानमा छ । उसले आज सरस्वतीलाई हराएको खण्डमा १५ अंक सहित शीर्ष स्थानमा कायम रहनेछ । सरस्वती क्लब भने ६ अंक सहित सातौं स्थानमा छ ।


Related posts

Leave a Comment