शहीद स्मारक ए डिभिजन लिगः पाँचौं चरणको खेल आजबाट


काठमाडौंमा जारी शहीद स्मारक ‘ए डिभिजन लिग’ अन्तर्गत पाँचौ चरणका खेल शुक्रबारबाट शुरु हुँदैछन् । शुक्रबार दुई खेलका चार टोली आमने सामने हुँदैछन् । एन्फा कम्प्लेक्स मैदानमा विहान ११ बजेबाट एनआरटी र विभागीय टाली नेपाल पुलिस क्लबबीच खेल हुनेछ भने एन्फा कम्पेक्समै दिउँसो २ः३० बजे दुई विभागीय टोली आर्मी र एपीएफ आमने–सामने हुँदैछन् ।त्यसैगरी शनिबार पनि दुई वटा खेल हुँदैछन् । शनिबार हुने पहिलो खेल हल्चोक मैदानमा संकटा र च्यासलबीच हुनेछ भने दिउँसो २ः३० बजे मनाङ र संकटाबीच खेल हुनेछ । पाँचौ चरणका अन्तिम खेल आउँदो आइतबार हुनेछन् । आइतबार तीन खेलका ६ टोलीबीच भिडन्त हुनेछ ।आइतबार हुने पहिलो खेलमा विहान ११ बजे एन्फा कम्प्लेक्समा मछिन्द्र र फ्रेण्ड्सबीच भिडन्त हुनेछ भने दिउँसो २ः३० बजे एन्फा कम्प्लेक्समै आमी र हिमालय शेर्पा आमने सामने हुनेछन् । पाँचौ चरणको अन्तिम खेलमा एपीएफको खेल मैदान हल्चोकमा ब्रिगेड ब्वाइज र जावालाखेल भिड्ने छ ।विहीबार कुनै खेल थिएन । बुधबारसम्मको खेल नतिजालाई हेर्ने हो भने मनाङ मस्र्याङ्दी क्लब अपराजित रहँदै शीर्ष स्थानमा छ । उसले चार खेलमै जित निकाल्दै १२ अंक जोडेको मनाङ दोस्रो स्थानको अर्को अपराजित टोली आर्मी भन्दा २ अंकले अघि छ । आर्मीले एक खेलमा बराबरी खेलेका कारण मनाङ भन्दा पछि परेको हो ।


Related posts

Leave a Comment