शहीद स्मारक ए डिभिजन लिगमा आज तेस्रो स्थानका लागि खेल हुँदै


शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आइतबार दुई खेल हुँदैछन्। आइतबार दिउँसो साढे दुई बजे हल्चोक मैदानमा त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्दा एन्फा कम्प्लेक्स सातदोबाटोमा हिमालयन शेर्पा र थ्रीस्टार क्लब आमने सामने हुने छन्। आर्मी र थ्रीस्टार शीर्ष तीनमा स्थान सुरक्षित गर्ने लक्ष्य सहित मैदान उत्रदैछन्। संकटासँग पराजित हुँदै उपविजेता बन्न बञ्चित भएको थ्रीस्टारलाई शीर्ष तीनभित्र पर्न आजको खेल जित्नै पर्ने दबाब छ। १२ खेलबाट थी्रस्टारको २३ अंक छ। १७ अंकसहित सातौं स्थानमा रहेको हिमालयन शेर्पाले आजको खेल जिते शीर्ष ६ मा पुगेर लिग अन्त्य गर्नेछ। यस्तैगरी चौथो स्थानमा रहेको आर्मीले तालिकाको पुछारमा रहेको मछिन्द्र क्लबलाई हराएर शीर्ष तिनमा पर्न चाहन्छ। तर उसको यो लक्ष्य पुरा हुन मछिन्द्रमाथिको हारले मात्र पुग्दैन थी्रस्टारले समेत आफ्नो खेल हार्नुपर्नेछ। थ्री स्टारको हारको समीकरण र मछिन्द्रमाथिको जितले आर्मीलाई शीर्ष तीनमा राख्ने सम्भावना छ। १२ औं चरणको खेल सकिंदा आर्मीको २२ अंक छ। मछिन्द्र ७ अंकसहीत पुछारबाट दोस्रो स्थानमा छ। लिगको उपाधि मनाङ मर्स्याङ्दीले जितिसकेको छ भने संकटा क्लबले दोस्रो स्थान हासिल गरीसकेको छ।


Related posts

Leave a Comment