एनसेल कर विवादः छलफलमै गएनन् सांसद


सार्वजनिक लेखा समितिको बैठक सिंहदरबारमा शुरु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको लेखा समिति बैठकमा एनसेलको करबारे छलफल हुँदैछ। १२ बजेका लागि बोलाइएको समितिको बैठकमा सभापतिसहित १२ जना सांसदमात्र उपस्थित छन्। कोरम पुग्न १४ जना आवश्यक हुन्छ। तर सभापतिसहित १२ जना मात्र भए पनि छलफल शुरु गरिएको छ। जसमा अर्थ मन्त्रालयका सचिव र आन्तरिक राजश्व कार्यलयका सचिवलगायतका पदाधिकारीलाई बोलाइएको छ। बैठकमा आन्तरिक राजश्व शुल्क स्टिकरको बारेमा पनि छलफल भइरहेको छ।


Related posts

Leave a Comment