संसद पदाधिकारीलाई आठ करोडका गाडी


प्रदेशसभा सचिवालयले संसद् पदाधिकारीका लागि आठ करोड रुपैयाँमा १३ वटा गाडी खरिद गरेको छ ।

सभामुख, उपसभामुख, विभिन्न विषयत समितिका सभापिति तथा सत्तापक्ष र प्रतिपक्षका सचेतकका लागि गाडी खरिद गरिएको हो ।

अहिले उनीहरु नयाँ र चिल्ला महँगा गाडीमा हुइँकिरहेका छन् । अरुबेला विभिन्न मुद्दामा विरोधको स्वर उचाल्ने गरे पनि सेवासुविधा लिने सबालमा भने प्रतिपक्ष पनि सत्तापक्षसँगै उभिएको छ ।

गाडी खरिदमा भने प्रदेशसभाले सात करोड ९१ लाख ४४ हजार रुपैयाँ खर्च गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।


Related posts

Leave a Comment