सन्दीप मेलबर्न टिमका सबै भन्दा किफायती र सफल बलर


नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने यतिबेला विश्वका सर्वोत्कृष्ट खेलाडीहरुमाझ आफ्नो किफायती क्षमता प्रदर्शन गरिरहेका छन् । अर्थात अष्ट्रेलियाको बिग बास लिग खेलिरहेका छन् । लगातार तेस्रो खेलमा शानदार बलिङ गर्दै सर्वाधिक विकेट लिने सूचीको पहिलो स्थानमा पर्न सफल पनि भएका छन् । जसका कारण नेपाली दर्शकले मात्र नभएर विश्वकै क्रिकेटप्रेमीको नजरमा बस्न सफल भएका छन्– सन्दीप ।

आफू सामेल मेलबर्न स्टार्सले तेस्रो खेलमा जित हात पार्दै नेपाली युवा स्टार सन्दीपले महत्वपूर्ण दुई विकेट लिन सफल भए । त्यसो उनले यही प्रतियोगिता अघिल्लो दुई खेलमा पाँच विकेल लिइसकेको छ । जम्माजम्मी उनले ७ विकेट लिँदै ७१ रन खर्चिएका छन् ।

उनले सिक्र्ससवरुद्धको तेस्रा ओभरको अन्तिम बलमा टोम कुुरानलाई पवेलियन फर्काएका थिए । यो खेलमा चार ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेर २ विकेट लिए । पहिलो ओभरमा ४ रन खर्चेका उनले दोस्रो ओभरमा पनि ४ रनमात्रै खर्चेर एक विकेट लिएका थिए भने तेस्रो ओभरमा ३ रन खर्चेर एक विकेट लिए ।

७ विकेटसहित सन्दीप पहिलो स्थानमा रहँदो ड्यानीयल साम र जासन बेरेन्डफले समान ६–६ विकेटका साथ दोस्रो स्थानमा छन् । त्यसैगरी, विश्व चर्चित स्पिनर अफगानिस्तानका राशिद खानले ५ विकेट लिएका छन् ।

विश्वभरका स्टार खेलाडीको सहभागिता रहेको बिग बासमा सन्दीपले तीन खेल खेल्दा तीनै खेलमा मैदानमा उपस्थित मेलबर्न र नेपाली समर्थकलाई निरास पारेनन् । सन्दीपको हातमा कप्तानले बल थमाउदा उनी खरो रुपमा उत्रिए । त्यसैले सन्दीप मेलबर्न टिमका सबै भन्दा किफायती र सफल बलर बनेका छन् ।

टोलीका कप्तान म्याक्सवेलले समेत उनको प्रसंशा गर्दै आएका छन् । सिड्नी मैदानमा सन्दीपको खेल हेर्न नेपाली दर्शकको समेत उल्लेख्य सहभागिता रहेने गरेको छ । नेपालको झण्डासहित सन्दीपको समर्थनमा पुगेका उनीहरुले सन्दीपको नाममा नारा समेत लगाउने गरेका छन् ।


Related posts

Leave a Comment