डेब्यु खेलमै चम्किए सन्दीप, चार ओभरमा १६ रन दिएर दुई विकेट


नेपाली लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा पनि चम्किएका छन् ।
आइतबार सिलेट सिक्सर्सबाट बीपीएल खेलेका सन्दीपले आफ्नो डेब्यु खेलमै दुई विकेट लिन सफल भएका छन् । बिग ब्यास लिग क्रिकेटबाट बिचैमा छोडेर बंगलादेश प्रस्थान गरेका सन्दीपले आफ्नो पहिलो खेलमा कोमिला भिक्टोरियन्सविरुद्ध दुई विकेट लिन सफल भए ।

सन्दीपले पूरै चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेर दुई विकेट लिएका हुन् । सन्दीपले विकेट लिने क्रममा सोयब मलिकलाई १३ रनमा आउट गराए । त्यस्तै, सन्दीपले एनामुल हकलाई पाँच रनमा आउट गराएका थिए ।

यस अघि उनी अस्ट्रेलियाको बिगबासमा पनि आठ विकेट लिएर बङगलादेश पुगेका थिए ।


Related posts

Leave a Comment