बिगबास क्रिकेटः सन्दीपले लिए आठौं विकेट


अस्ट्रेलियाको चर्चित टी ट्वान्टी क्रिकेट प्रतियोगिता बिग बाश लिगमा सन्दीप लामिछानेले आठौं विकेट हात पारेका छन् । यसअघिका ३ खेलमा कुल ७ विकेट लिएका सन्दीपले मेलबर्न रेनिगेड्सविरुद्धको खेलमा थप १ विकेट हात पारेका हुन् । मेलबर्नका तर्फबाट खेलेका सन्दीपले विपक्षी टीमका कप्तान टोम कूपरलाई बोल्ड गरे ।
यसअघिका खेलमा पनि सन्दीपले विपक्षी टीमका कप्तानहरूलाई नै आफ्नो शिकार बनाएका थिए ।


Related posts

Leave a Comment