अस्ट्रेलियाको बिग बास लिग छोडेर सन्दीप बङलादेश प्रस्थान


अस्ट्रेलियाको क्रिकेट लिग बिग बास लिगमा आफ्नो उत्कृष्ट क्रिकेट कौशल देखाएका सन्दीप बुधबार बंगलादेश प्रस्थान गरेका छन् । बंगलादेश प्रिमियर लिग खेल्नका लागि उनी बिग बास लिग बिचमै छोडेर बंगलादेशका तर्फ लागेका हुन् ।
इन्डियन प्रिमियर लिग आइपिएल खेलिसकेका सन्दीपले बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलेका छन् ।

उनको टिमले मंगलबार भएको खेलमा मेलबर्न रेनेगेड्सलाई सात विकेटले हरायो सुरुका दुई खेलमा पराजित भएको सन्दीपको टिम त्यसपछिका दुई खेलमा विजयी भएको छ । उनको टिम तेस्रो स्थानमा छ । सन्दीपले मंगलबारको खेलमा एक विकेट लिए । उनले यसअघिका तीन खेलमा उनले सात विकेट लिएका थिए ।

जनवरी पाँचदेखि सुरु हुने बंगलादेश प्रिमियर लिग बिपिएल क्रिकेटमा सन्दीपले स्यलहेट सिक्सर्सबाट खेल्ने छन् । यो टिमको कप्तान अस्ट्रेलियन क्रिकेटर डेविड वार्नर हुन् । बिपिएलमा सन्दीपको टिमले जनवरी ६ मा तमिम इक्बालको कप्तानीमा रहेको टिम कोमिल्ला भिक्टोरिएन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

सन्दीपले ट्वीट गरेर आफू बंगलादेश प्रस्थान गरेको जानकारी दिएका छन् । उनले बिग बास लिगको अनुभव उत्कृष्ट रहेको उल्लेख गरेका छन् ।


Related posts

Leave a Comment