संकटाद्धारा च्यासल युथ क्लब २–१ ले पराजित


पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार एपीएफ रंगशालामा भएको पहिलो खेलमा सीएमजी क्लब संकटाले भ्याली च्यासल युवा क्लबलाई २-१ ले पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा संकटाको जितमा अमित तामाङले २३औं मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गरे ।

बल बचाउने क्रममा च्यासलका छिरिङ गुरुङले डिबक्स भित्र ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई अतिमले सदुपयोग गरेका थिए । दोस्रो हाफको सुरुवाती समयमा संकटाले अग्रता दोब्बर पार्यो । एलोन म्याक्सवेलले ४९ अौं मिनेटमा गोल गरे । नितिन थापाको क्रसलाई गोलमा परिणत गर्दै उनले दुई गोलको अग्रता बनाए । च्यासलले खेलको  ३ मिनेटसमय बाँकी रहँदा गोल फर्कायो ।

खेलको अन्तिमतिर सान्त्वना गोल फर्काएपनि च्यासलले हार टार्न सकेन । संकटाका नितिन थापा म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

जितसँगै संकटाले पाँच खेलबाट १२ अंक बनाएको छ । च्यासलको समान खेलबाट चार अंक छ ।


Related posts

Leave a Comment