केसीको अनसन बारे सरकारको धारणाः उनका सबै माग पुरा भइसके, अब कसैले खिचडी पकाएर केही हुँदैन


सरकारका प्रवक्त गोकु बास्कोटाले अनसनरत डा. गोविन्द केसीका सबै माग पुरा भइसकेको बताउका छन् । बिहीबार सिंहदरबार काठमाडौंमा मन्त्रिपरिषद्को निर्णय र समसामयिक विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भने, ‘केसीका सबै माग पूरा भइसके । उत्सव मनाउनुपर्ने बेला हो,’ उनले भने, ‘संसदीय समितिले सबै माग पूरा गरिसक्यो । बाँकी केसीले व्यक्तिगत रुपमा के–के गर्नुहुन्छ त्यो हामीलाई थाहा भएन । यो विचमा कतै खिचडी पाकेजस्तो छ ।’ अब खिचडी पकाएर केही हुँदैन ।
त्यस्तै सरकारले पुस २७ मा ‘राष्ट्रिय एकता दिवस’को सार्वजनिक विदा नदिइने प्रष्ट पारेको छ । राप्रपा लगायतका विदा माग गर्दै आएका छन् ।
बास्कोटाले भने, ‘राष्ट्रिय एकताका लागि विदा दिनु पर्दैन । यो मनाएर दर्शाउने हो, यसका लागि विदा आवश्यक पर्दैन ।’


Related posts

Leave a Comment