पौने २ किलो सुन तस्करीमा संलग्न वडाध्यक्षसहितका ६ जना सार्वजनिक


आलोक यादव, टिभी अन्नपूर्ण सिरहा।

सिरहामा एक किलो सात सय ५७ ग्राम अवैध सुनसहित पक्राउ परेका ६ जनालाई सार्वजनि गरिएको छ । सिरहा सशस्त्र प्रहरी बल ७ नम्बर गणले अवैध सुनसहित पक्राउ परेका ६ जनालाई दुई चरणमा पत्रकार सम्मेलन गरी शनिवार सार्वजनि गरेको हो ।

सशस्त्र प्रहरीले शनिबार पत्रकार सम्मेलन गरी पक्राउ गरिएकोहरुको साथबाट एक हजार सात सय ५७ ग्राम ७ सय २० मिलिग्राम अवैध सुनसहित पहिलो चरणमा तीन जनालाई सार्वजनिक गरेको थियो । प्रहरीले उनीहरुको साथबाट ३४ हजार पाँच सय रुपैयाँ समेत बरामद गरेको छ ।
शनिवार नै सुन प्रकरणमा पहिलो चरणमा सिरहाको लहान नगरपालिका–१९, छर्रापट्टिका अमिरुल खान, मोहमद कयुम र मोहमद रियाज राइनलाई सार्वजनि गरेको थियो । अन्य पक्राउ परेको तीनजनालाई सार्वजनि गरेपछि प्रहरीमाथि विभिन्न शंका उपशंका हुनथालेको थियो ।

त्यसपछि पुनः शनिवर दोश्रो पटक अन्य तीनजनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । दोश्रो चरणमा सार्वजनिक गरिनेमा लहान १९ का ४२ वर्षका मोहमद हकिम राइन, २४ वर्षका मोहमद रहमान राइन र सप्तरीको खडक नगरपालिका ३ का १८ वर्षका मोहमद अफ्रोज राइन छन् ।

पक्राउ पर्नेमा मोहमद हकिम राइन लहान वडा नं १९ का वडाध्यक्ष हुन् । पूर्व पश्चिम सडकखण्ड अन्तर्गत मिर्चैया नगरपालिकाको सीमामा पर्ने घुर्मी खोलाबाट विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक सोमबहादुर गुरुंगको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले शनिबार बिहान २ बजेतिर तीन जनालाई पक्राउ गरेको थियो ।
पक्राउ गएिका कयुम र अमिरुलको साथबाट ५०/५० ग्रामको दुई थान बाला तथा रियाजको साथबाट बाँकी ४ थान बाला र पाता आकारको थप ३ थान सुन बरामद भएको जनाइएको छ ।

उनीहरुको साथबाट बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कर्पियो र पौने दुई केजी सुन थप अनुसन्धान र कारबाहीका लागि शनिबार नै सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान विभाग पठाइएको छ ।


Related posts

Leave a Comment