विभिन्न देशका राजदुत सिफारिस लगायत यस्ता छन् सरकारका निर्णयहरु


सरकारले विभिन्‍न मुलुकका लागि राजदूतको सिफारिस गरेको छ ।

मन्त्रीपरिषद्का निर्णय सावर्जनिक गर्न सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरु दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि राजदूत नियुक्तिको सिफारिस गरेको हो । बाँस्कोटाले हाल कार्यरत राजदूतहरुलाई सम्बन्धित मुलुकहरुबाट प्रस्तावित राजदूत नियुक्तिको सहमति प्राप्त नभएसम्म ती मुलुकको राजदूतका रुपमा कामकाज गरिरहन स्वीकृति दिएको बताए ।

यस्तै सरकारले स्पेन, दक्षिण कोरिया, बंगलादेशमा कार्यरत नेपाली राजदूतहरु क्रमशः अर्जुनबहादुर सिंह, भरतबहादुर रायमाझी, चोपलाल भुषाललाई तीन साताको तयारी समय दिएर फिर्ता बोलाउने निर्णय गरेको छ । बैठकले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेका उनले जानकारी दिए । बैठकले शक्तिशाली यातायात प्राधिकरण बनाउने गरि यातायात सम्बन्धी अवधारणापत्र स्वीकृत गरेको छ । त्यस्तै बैठकले नेपाल र अमेरिकाबिच भिषा पारस्परिकता सम्बन्धी प्रस्ताव स्वीकृत गरेको बाँस्कोटाले जानकारी दिएका छन् ।

मन्त्रीपरिषद् बैठकले जोखिमयुक्त बस्ती स्थानानान्तरण तथा एकीकृत बस्ती विकास सम्बन्धी कार्यविधी, जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधी, सुरक्षित नागरिक आवास कार्यविधी र समपुरक अनुदान सम्बन्धी कार्यविधीलाई परित गरेको छ भने झापाको चन्द्रगढी बिमानस्थलको विस्तार तथा स्तरोन्नतीका लागी थप जग्गा प्राप्त गर्ने प्रस्ताव पारित गरेको छ ।


Related posts

Leave a Comment