शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामा लगानी न्युन


मानवीय जवाफदेहिता अनुगमन अभियानले शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाजस्ता असमानता न्युनिकरणमा योगदान दिने क्षेत्रहरूमा प्राथमिकताका साथ लगानी गर्न सरकारलाई सुझाव दिएको छ ।

शुक्रवार काठमाडौँमा समृद्धिका लागी समानता प्रतिवेदन सार्वजनिक गर्दै अभियानले शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा लगायतका क्षेत्रमा अहिले पनि असमानता देखिएको भन्दै त्यसलाई न्युनिकरण गर्न लगानी गर्नुपर्ने जनाएको हो । अझै पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाका विषयमा धनी र गरिबबिच खाडल रहेको अभियानको ठहर छ । अभियानले महिला बालबालिका तथा अल्पसङ्ख्यकमाथि भइरहेको शोषण अन्त्य गर्न पनि आवश्यक कदम चाल्नुपर्ने जनाएको छ । गरिब किसान तथा भूमिहीनलाई फाइदा पुग्नेगरि न्यायोचित भूमि पुनर्वितरण गर्न प्रगतिशील भूमि सुधार कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न पनि अभियानले सुझाव दिएको छ । कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष रहेका मानवअधिकारवादी सुवोध प्याकुरेलले अबको विकास अभियानका लागी स्थानीय तहका सरकारहरू नै सक्रिय हुने बताए ।

अभियानले हालैका वर्षहरूमा श्रमिकको पारिश्रमिकमा वृद्धि भएको भएता पनि औसत कामदारहरूको पारिश्रमिक अझै न्यूनतम नै रहेको जनाएको छ ।


Related posts

Leave a Comment