साताको पहिलो दिन नेप्सेमा ११ अंकको वृद्धि


साताको पहिलो दिन नेप्सेमा ११ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक ११ दशमलव ६९ अंकले बढेर १ हजार २ सय ५६ दशमलव ५३ को बिन्दुमा कारोबार बन्द भएको छ ।त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने २ दशमलव ६६ अंकले बढेर २ सय ६६ दशमलव ९३ अंकमा पुगेर बन्द भएको छ ।यस दिन कुल १ सय ६६ कम्पनीको ३० लाख ७० हजार २३१ कित्ता शेयर खरिदबिक्री हुँदा ९१ करोड ५२ हजार ९२ सय २०४ रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एनएमबी बैंकको भएको छ । जसको आज ७ करोड १४ लाख ४ हजार १९१ सय रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा भार्गव विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ५२ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा एक्सेल डेभलपमेन्ट बैंक, ताराँगाँउ रेजेन्सी होटल र समित माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ३ प्रतिशत भन्दामाथिले घटेको छ ।


Related posts

Leave a Comment