सत्तापक्षले नै वर्तमान सरकार ढाल्ने काँग्रेस नेता पाण्डेको दाबी


नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अहिलेको सत्तापक्षले नै ढाल्ने दावी गरेका छन् । सत्तापक्षकै सांसदहरु अहिलेको सरकारसँग रुष्ट रहेकोले उनीहरुले नै सरकार ढाल्ने उनको दाबी छ ।
बिहीबार गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘वहुमतको नाममा सरकारले मनपरी गरेको छ,’ उनले भने, ‘हामी प्रतिपक्ष दल मात्र होइन, सत्तापक्षहरु नै रुष्ट छन्, हामी प्रतिपक्षले नसके पनि सत्ता पक्ष आफैले सरकार ढाल्छन् ।’

कतिपय अनियमिततामा सरकार आफै साक्षी बसेको नेता पाण्डेको आरोप छ । निर्मला हत्याकाण्डको दोषीलाई अहिलेसम्म कारवाही गर्न नसकेको भन्दै उनले देशमा शान्ति सुरक्षा कायम गर्न सरकार चुकेको बताएका छन् ।

राष्ट्रियसभामा विपक्षी दलका नेतासमेत रहेका पाण्डेले डा. गोविन्द केसीसँग भएको सम्झौताअनुसार नै स्वास्थ्य चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने बताए ।


Related posts

Leave a Comment