सत्तापक्षसँगको मिलेमतोमा सभामुखले प्रश्नै गर्न दिएनन्ः काँग्रेस


प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सत्तापक्षसँग मिलेमतो गरेर आफूहरुलाई प्रश्न समेत सोध्न नदिएको बताएको छ । काँग्रेसले हुकुमी शैलीमा संसद चलाउन खोजेको आरोप समेत लगाएको छ । आइतवार संसद अवरोधपछि पत्रकारसँग संक्षितप्त कुरा गर्दै थापाले भने, ‘सरकारले तथ्य तोडमोड गरेर प्रस्तुत गरेको छ। प्रश्न राख्न खोज्दा सभामुखले ढाकछोप गर्न खोज्नुभयो,’ थापाले भने, ‘ प्रश्न सोध्ने पूर्वसहमति थियो, हामीले पाँच जनाको नाम दिएका थियौं। तर पछि सभामुखले सत्तापक्षसँग मिलेमतो गर्नुभयो। हुकुमी शैलीमा संसद चलाउन खोज्नुभयो।’

आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनबारे प्रश्नोत्तर गर्न माग गर्दा सभामुख महराले समय नदिएको भन्दै कांग्रेसले नाराबाजी गरेको थियो। कांग्रेसको वेल घेराउ र नाराबाजीपछि बैठक स्थगित भएको छ।

बैठक स्थगित भएपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस सांसद गगनकुमार थापाले प्रधानमन्त्रीलाई वक्तव्य पढ्न दिने तर प्रतिपक्षीलाई प्रश्न सोध्न अनुमति दिन्न भन्ने सभामुखको शैली हुकुमी भएको बताए।

‘सरकारलाई आफ्नो कुरा राख्न दिने तर प्रतिपक्षीलाई प्रश्न गर्न दिन्न भन्ने सभामुख, सभामुख कि पार्टी सदस्यरु,’ थापाले भने, ‘सभामुखका अनुसार संसदको नियमावलीको व्याख्या गर्ने हो भने त उहाँको अनुमतिबिना भित्र बस्न पनि पाइन्न।’

थापाले प्रधानमन्त्रीसँग प्रश्नोत्तर भएन भने संसद चल्न नदिने बताए। स्थगित संसद बैठक सुचारू गर्नेबारे छलफल चलिरहेको छ।


Related posts

Leave a Comment