पुस १ गतेदेखि टुँडिखेल आसपास क्षेत्रमा सवारी रोक्न नपाइने


पुस १ गतेदेखि काठमाडौंको टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी रोक्न नपाइने भएको छ । यस्ता सवारी साधनले यात्रु पर्खेर बस्दा ट्राफिक जाम भएकाले उक्त मितिदेखि काठमाडौं महानगरपालिकाले यो नियम लागु गर्न लागेको जनाएको छ । मङ्गलबार राष्ट्रिय सभागृहमा आयाजित बैठकमा सडक र सहरसम्वद्ध निकायका प्रतिनिधिसँग काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने, “ट्राफिक जामले कर्मचारी, विद्यार्थीदेखि व्यापारी, व्यवसायी सबैको समय बर्बाद भइरहेको छ । जाममा लामो समय सवारी रोक्दा इन्धन खपत नष्ट हुनुका साथै यस्ता सवारीले धुवाँको प्रदुषण पनि बढाएका छन् ।”


उक्त कार्यक्रममा मेयर शाक्यले चाँडै नै यातायात व्यवसायीसँगै यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको सहकार्यमा पुस १ बाट यात्रु “पिक एण्ड ड्रप” नियम लागु गर्ने घोषणा गरे ।


Related posts

Leave a Comment