करोडौं रुपैयाँ गुमाए लगानीकर्ताहरुलेः कारोबार रकममा भारी गिरावट


यो साता पुँजी बजार लगानीकर्ताहरुका लागि दुखद बनेको छ । साता भरमै शेयर बजार परिसूचक नेप्से आरोलो लागेको छ भने कारोबार रकममा पनि भारी गिरावट आएको छ । साताभरमा भएको ५ दिनको कारोबारमा पाँचै दिन अधिकांश समूहहरु राताम्मे देखिँदा लगानीकर्ताहरुले करोडौं रुपैयाँ गुमाएका छन् ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८१ कम्पनीहरुको सेयर कारोबार भएको छ । सातामा १६ हजार ३ सय ७० कारोबारबाट ३६ लाख ४७ हजार आठ सय ४० कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट जम्मा ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँको मात्रै कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा १४ दशमलव ६८ प्रतिशत कम हो ।

गत साता १८१ कम्पनीको ४० लाख ८४ हजार पाँच सय २० कित्ता सेयरहरु खरिद बिक्री हुँदा एक अर्ब सात करोड ६७ लाख ४८ हजार रुपैयाँको सेयर कारोबार भएको थियो ।

यस साता कारोबार रकमसहित नेप्से परिसूचकसमेत ओरालो लागेको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.२५ अंकले ओरालो लागेको छ । साताका ५ दिन नै लगानीकर्ताका लागि फलदायी नबनेको सेयर बजार परिसूचक नेप्से अन्तिम दिन १ हजार १ सय ८० दशमलव ६३ अंकमा पुगेको छ ।


Related posts

Leave a Comment