स्पेनिस ला लिगा फुटबलमा रियल भिल्लारियालसँग बराबरीमा रोकियो


रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा भिल्लारियालसँग बराबरीमा रोकिएको छ। बिहीबार राति रेलिगेशन जोनमा रहेको भिल्लारियालको मैदानमा २-२ को बराबरी खेल्दै अंक बाढ्न बाध्य भयो।रियलले खेलमा पछि परेर अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा अंक बाड्न बाध्य भयो। भिल्लारियालका सान्टी कार्जोलाले दुई गोल गर्दा रियलका करिम बेन्जेमा र राफेल भरानले एक-एक गोल गरे।

खेलको चौथो मिनेटमा घरेलु टोलीका लागि सान्टी कार्जोलाले गोल गर्दै सुरूवाती अग्रता दिलाएका थिए। तर, सातौं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै खेललाई बराबरीमा ल्याए।खेलको २०औं मिनेट राफेल भरानले हेडमार्फत गोल गर्दै रियललाई अग्रता दिलाए।

पहिलो हाफसम्म २-१ ले अगाडि रहेको रियलको अग्रता खेलको ८२औं मिनेटमा तोडियो। घरेलु टोलीका लागि सान्टी कार्जोलाले व्यक्तिगत दोस्रो गोल गर्दा टिमले रियलसँग अंक खोस्न सफल भयो।

यो नतिजापछि रियल १७ खेलबाट ३० अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ। यो सँगै उसले तेस्रो स्थानमा पुग्ने मौका गुमायो।


Related posts

Leave a Comment