सुदूरपश्चिममा होलीको रौनक


टिभी अन्नपूर्ण

२९ फागुन काठमाडौँ ।

आज देशका पहाडी भेगमा हालीको रौनक छाएको छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ ।

 सुदूरपश्चिमका पहाडी भेगमा तिन चार दिन दिनसम्म होली मनाउने प्रचलन छ । सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, डोटीगायतका ठाउँमा पूर्णिमाको राति रंगीचंगी ध्वजापताकाले रंग्याएको चिरमा आगो लगाउने र भोलीपल्ट होली विसर्जन गर्ने परम्परा छ ।

17264587_1461167110573684_8010061034152302104_n

त्यहाँ होलीको समयमा र श्री राम, सीता, हनुमान र रावण तथा होलीकाबारे बनाईका देउडा गाएर ताल मिलाउँदै होली खेल्ने गरिन्छ ।

17191536_1461167127240349_210765481067392366_n
पछिल्लो समय विभिन्न संघ संस्था मिलेर होली खल्ने र त्यहाँबाट जम्मा भएको रकम सामाजिक कार्यमा लगाउने चलन पनि बढ्दै गएको छ । कतिपय ठाउमा त शिक्षकहरुलाई मासिक तलब दिन समेत विद्यालयले होली खेल्ने चलन रहेको छ ।17265164_278437795913025_5097895035021173671_n

फोटो नरेन्द्र कार्कीको फेसबुकबाट


Related posts

Leave a Comment