सुख्खायाममा काकाकुल राजधानीमाथी अर्को समस्या, काठमाडौं आउने पानी बीच बाटोमै चोरीयो (भिडियो सहित)


काठमाडौं बासीले प्रयोग गर्ने खानेपानी बिचबाटैमा चोरी भएको भेट्एिको छ । बाग्मतीको मुहान सुन्दरीजलबाट गोकर्णश्वर भएर बग्ने कोलमती खोलाको पाइपमा ड्रिल गरि चोरी गरेको खुलेको हो । राजधानीबासीका लागि खानेपानीको अभाव हुदै गइरहेका बेलामा यसरी बीचबाटोमै चोरी हुन थालेपछि राजधानीबासीहरु थप मारमा परेका छन् । यता वैधानिक धारामा पानी आउँदैन भने चार्नेले खानेपानीको चरमा दुरुपयोग गरिरहेका छन् ।
यसले सुख्खा मौसमका बेला हप्ताको एक दिन आउने पानीकै भरपर्ने राजधानीबासी झन मारमा परेका हुन् । सरकारले खानेपानी आपूर्तिको उचित व्यवस्थापन नगर्दा उपत्यकामा खानेपानीको अभाव बर्षेनी चुलिँदै गएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल का अनुसार हाल उपत्यकामा दैनिक साढे ३७ करोड लिटर खानेपानीको माग छ । तर मागअनुसार खानेपानीको वितरण नहुँदा उपत्यकावासी ‘काकाकुल’ जस्तै बनिरहेका छन् ।

खानेपानीको सुविधा प्रत्येक नागरिकको आधारभूत अधिकार भएपनि उपत्यकाका कतिपय स्थानमा १०÷१५ दिनसम्म पनि पानी आपूर्ति हुन नसक्ने स्थिति छ । मेलम्चीको पानी कहिले खान पाउँछन् राजधानीबासीले भन्ने प्रश्न अहिले अहम बनेको छ ।निमार्णाधीन मेलम्ची खानेपानी आउदो दशै भित्र घर घरमा पु¥याउने भने पनि उपभोक्ता यस अघि पटक पटक सरेको मितिका कारण आश्वस्त हुन सकेका छैनन् । खानेपानी मन्त्री बिना मगरले परियोजनाको अनुगमन गरेर मेलम्ची मार्फत खानेपानीको समस्या हटाउने बताएकी थिइन् ।मेलम्ची खानेपानी विकास समितिकाअनुसार अहिले सुरुङ मार्गसँगसँगै भित्ता र सुरुङको माथिल्लो भागमा आरसीसी ढलानको पनि काम भइरहेको छ ।
सुुन्दरीजलदेखि सिन्धुसम्मको करिब नौ दशमलब चार किलोमिटर लामो सुरुङ २०७३ पुसमा नै निर्माण सम्पन्न गरिएको थियो ।

आगामी असारभित्र आयोजना निर्माण गरिसक्ने लक्ष्य लिइएपनि अझै २० प्रतिशत काम सम्पन्न हुन बाँकी रहेको छ । आगामी असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको मेलम्ची आयोजना ०७५ वैशाखभित्र सम्पन्न हु्ने आयोजनाको अपेक्षा थियो । तर, चट्टानका कारण हुन सकेन ।यसअघि २०७४ असोजभित्र निर्माण सम्पन्न गरिसक्ने भनिएकोमा एकपछि अर्को बहाना बनाउँदै आयोजना सम्पन्न गर्ने अवधि पटकपटक पछि सार्ने काम हुँदै आएको छ ।काठमाडौं उपत्यकामा दुई वर्षदेखि खानेपानीको पाइप बिच्छ्याउने कामलाई गति दिइएपनि अझै सकिएको छैन । खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकाका ५० स्थानमा पाइप बिच्छ्याउने काम गर्दै आएको छ ।

भिडियो


Related posts

Leave a Comment