सुनसरीमा गोली चल्यो, एक जना गम्भीर घाइते


सुनसरीको दुहबीमा इटा उघोगमा कार्यरत म्यानेजरमाथि गोली प्रहार भएको छ ।दुहबी ९ छाताबेलीमा रहेको जय बाबा इटा उघोग अगाडी मर्निङ वाकमा रहेका उघोगका म्यानेजर ५४ बर्षिय फिदा हुसेनमाथि गोली प्रहार भएको हो । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।उनलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएको छ । उनलाई आज बिहान ६ ३० को समयमा अज्ञात समुहले गोली प्रहार गरेको हो ।गोली प्रहार गर्ने समुहको खोजी कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

 


Related posts

Leave a Comment