बक्यौता तिर्न नसकेपछि सौर्यको उडान बन्द


निजी हवाई सेवा प्रदाय कम्पनी सौर्य एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई ३ करोडभन्दा बढी बक्यौता नतिरेपछि उडान बन्द भएको छ। एयरलाइन्सले बारम्बार बक्यौता तिर्न समय दिए पनि रकम भुक्क्तानी नगरेपछि नियमित उडान बन्द गराएको कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए। एयरलाइन्सले बक्यौता चुक्ता नगरेसम्म उडान हुन नदिने उनको भनाइ छ। सौर्यसँग सिआरजे २०० सिरिजका दुईवटा जहाज छन्। एउटा जहाजले नियमित उडान भरिरहेको छ। अर्को जहाजमा प्राविधिक समस्या आएकाले उडान भरेको छैन।


Related posts

Leave a Comment