सुव्रतराज आचार्यको ‘सुश्री सम्पत्ति’ देशभरका हलहरुमा


रमेश त्वयनाको निर्माण तथा सुव्रतराज आचार्यद्वारा निर्देशित चलचित्र सुश्री सम्पत्ति शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आएको छ ।

सामाजिक कथा बोकेको यो हास्यप्रधान चलचित्रमा दुई बेरोजगार युवाले आफ्नो सपना परिपूर्ति गर्न अपनाउने गलत बाटो र त्यसमा आइपर्ने कठिनाइ फिल्ममा रमाइलो शैलीमा प्रस्तुत गरिएको छ। चलचित्रमा धनी वाउकी एक्ली छोरी हुनुको पीडा समेत प्रस्तुत गरिएको छ । अभिनेत्री सारा श्रीपाइलीलाई सुश्री सम्पत्तिको केन्द्रीय भूमिकामा छिन् भने सलोन र विनोद उनको पछि लाग्ने युवाको भूमिका छन ।  फिल्ममा प्रियंका कार्की विशेष भूमिकामा छिन्।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’को कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन्। फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन शिलाकार छन्। अभिमन्यू निरबी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूको हो।

पोखराका मनोरम दृश्यहरूसहित विभिन्न स्थानमा छायांकन गरिएको यो चलचित्रको गीत हुकुम बक्सियोस् निकै चर्चित छ । यो चलचित्रको टेलरले समेत राम्रो प्रतिक्रिया पाएको छ ।

अर्जुन तिवारीको छायांकन एवं भरत रेग्मीको सम्पादनको यो चलचित्रमा १ करोड ४० लाख रुपैयाँ लगानी भएको बताइन्छ ।

 


Related posts

Leave a Comment