मानव अंगबाट उर्जा : सुत्केरीको सालनालले बन्छ खाना (भिडियोसहित)


विमल खड्का, टिभी अन्नपूर्ण ।
काठमाडौँमा सुत्केरीको सालनालबाट निकालिएको ग्यासबाट खाना पाक्ने गरेको छ । सरकारी लगानी रहेको थापाथलीको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ४ महिनादेखि सुत्केरीको सालनालबाट बायो ग्यास उत्पादन गर्दै आइरहेको छ ।
विदेशीहरूले प्रयोग गरेको देखेर नेपालमा पनि सम्भव हुने भन्दै त्यस्तो कामको थालनी गरिएको अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले बताए । सुत्केरीको सालनाल तथा अन्य मानव अङ्गबाट हुने फोहर कम गर्न बायो ग्यास उत्पादन गर्न थालेको गौतमले बताए । बायो ग्यास प्लान्ट निर्माणका लागि ३५ लाख खर्च भएको भन्दै अहिले दैनिक ५ घण्टा उक्त ग्याँसबाट खाना पाक्ने निर्देशक गौतम बताउँछन् ।


अस्पतालमा दैनिक ६० देखि ७० जना सुत्केरीबाट ३० देखि ३५ किलो सालनाल निष्कासन हुने गरेको छ । सालनाल डिस्पोज गर्दा मासिक तीन लाखसम्म खर्च हुने गरेको भन्दै अहिले सोही सालनाल बाटै अस्पतालको आम्दानी बढाएको छ ।
अस्पतालमा हुने फोहर तथा मानव अङ्गबाट उत्पादन भएको बायो ग्यास अस्पतालको भान्सामा प्रयोग हुँदै आएको छ । दैनिक रूपमा पानी उमाल्न तथा खाजा बनाउन उक्त बायो ग्यास प्रयोग भइरहेको अस्पतालका एक कर्मचारीले बताए ।

अस्पतालमा अहिले बायो ग्यास भण्डारण गर्ने उपकरण नभएकाले अब बायो ग्याँस भण्डारण गर्ने योजना रहेको निर्देशक गौतमको योजना छ ।अस्पतालबाट निस्कने फोहोर सङ्कलन गरी उक्त फोहोर बेचेर वार्षिक ६० लाख आम्दानी गर्दै आएको छ ।

भिडियो हेर्नुहोस्


Related posts

Leave a Comment