टी–१० क्रिकेट लिगमा सन्दीपको हाल सम्मकै खराब पदर्शन


युनाइटेड अरब इमिरेट्स (युएई)जारी क्रिकेटको सबैभन्दा छोटो स्वरूपको प्रतियोगिता टी–१० क्रिकेट लिग अन्तर्गत बिहीबार आफ्नौ पाँचौ खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले बिर्सनलायक प्रदर्शन गरेका छन् । पहिलो पटक आयोजना भएको टी–१० क्रिकेट लिग खेल्ने अवसर पाएका सन्दीपले हालसम्मकै खराब प्रदर्शन गरेका छन् । बुधबार सन्दीप आवद्ध टोली केरला किंग्सले क्वालिफायर राउण्डमा नर्देर्न बारियरसँग प्रतिस्पर्धा गरेको थियो ।

यस खेलमा सन्दीपले २ ओभरमा कुनै विकेट नलिइ ४७ रन दिएका दिए । चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपले ३ छक्कासहित २२ रन दिए । त्यसपछि सातौ ओरभमा दोस्रो ओभर लिएर आएका सन्दीपले चार छक्कासहित २५ रन दिए। सन्दीपले खेलेका सबै विदेशी लिगका प्रतियोगितामा मध्ये यो नै उनको महंगो बलिङ बन्न पुग्यो ।

यस प्रतियोगितामा केरलाले ८ विकेटको हार व्यहो¥यो । नर्दर्न बारियरले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको केरला किंग्सले १० ओभरमा २ विकेट गुमाएर १०१ रन बनाएको थियो । १०२ रनको लक्ष्य नर्देर्न बारियरले ७।२ ओरभरमा २ विकेट गुमाएर पूरा ग¥यो ।

नर्दर्नका ब्याट्मम्यानले सुरुदेखि नै निकै आक्रमक ब्याटिङ गरेका थिए । सन्दीपको महंगो ओभर टोलीको फराकिलो अन्तरको हारको मुख्य कारण बन्न पुग्यो ।

यस अघिका ३ खेलमा सन्दीपले क्रमशः ३, १ र २ गरी ६ विकेट लिएका सन्दीपले चौथो र पाँचौ खेलमा खराब प्रदर्शन गरे ।


Related posts

Leave a Comment