इङ्ल्यान्डलाई हराउँदै अष्ट्रेलियाले बन्यो टी-२० विश्वकप च्याम्पियन


इङ्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलिया महिला टी-२० विश्वकप च्याम्पियन भएको छ । आइतबार बिहान वेस्ट इन्डिजमा सम्पन्न फाइनल खेलमा अष्ट्रेलियाले १ सय ६ रनको सामान्य लक्ष्य पाएको थियो । १५ .१ ओभरमा २ विकेट गुमाउँदै अष्ट्रेलियाले उक्त लक्ष्य सहजै पुरा गरेको हो । अस्ट्रेलियालाई सहज जित दिलाउन कप्तान मेग लनिङगले २८ र एशले गार्डनर ३३ रनमा नट आउट रहे ।

ओपनरएलिस हिली २२ र बेथ मूनीले १४ रन जोडे । डेनियल हैज़ेल र सोफी एक्लेस्टोनले एक एक विकेट लिए पनि त्यो विश्वकपको उपाधि जित्न प्रयाप्त रहेन ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले अस्ट्रेलियाको घातक बलिङ सामु १९.४ ओभरमा अल आउट हुदैँ मात्र १ सय ५ रन बनाउन सक्यो । इङ्ल्यान्डका लागि ड्यानियल वेटले ४३ र हिथर क्लियरले २५ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटम्यानले दोहोरो अंक रन छुन सकेनन् ।

अस्ट्रेलियाका गार्डनरले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिइन् । त्यस्तै मेगन शत्त र जॉर्जिया वेरहमले समान दुई विकेट हात पारिन ।


Related posts

Leave a Comment